चितवन : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाले जस्तै आफूले पनि सपना देखेको टिप्पणी गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो,’ उनले भने, ‘त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ । जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ ।’ उनले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको पनि बताए । ‘म कुनै प्रतिस्पर्धीको रुपमा होइन, सहयात्रीको रुपमा उपस्थित भएको छु,’ राउतले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij