Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको केन्द्रीय सदस्यमा आनन्द चन्दको उम्मेदवारी घोषणा

रास्वपाको केन्द्रीय सदस्यमा आनन्द चन्दको उम्मेदवारी घोषणा

चितवन  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि कैलालीका आनन्द चन्दले उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा चन्दले केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चन्द जनस्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा विद्यावारिधि (पिएचडी) गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षसम्म प्राध्यापन अनुभवसमेत हासिल गरेका छन् । रास्वपाको विधानअनुसार पार्टीमा ९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । साथै प्रत्येक प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा कम्तीमा पाँच जना केन्द्रीय सदस्य अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ ।

पार्टीको पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुन लागेकाले केन्द्रीय सदस्य पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट