Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जलमग्न बन्यो रास्वपाको महाधिवेशनस्थल, मोटरबाट पानी निकाल्दै अन्तिम तयारी

जलमग्न बन्यो रास्वपाको महाधिवेशनस्थल, मोटरबाट पानी निकाल्दै अन्तिम तयारी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भरतपुरस्थित गेस्टहाउस चौर गएरातिको भारी वर्षापछि जलमग्न बनेको छ। लगातार परेको वर्षाका कारण टेन्टभित्र पानी जमेको छ भने मुख्य मञ्च निर्माण गरिएको क्षेत्रमा समेत पानीको दह देखिएको छ। महाधिवेशन उद्घाटनको समय नजिकिँदै गर्दा आयोजक टोली पानी व्यवस्थापनमा जुटेको छ।

हाल मोटरको सहायताले जमेको पानी निकाल्ने काम भइरहेको छ। प्रतिकूल मौसमका बाबजुद मञ्च निर्माण तथा अन्य व्यवस्थापनका कामहरू तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij