Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

इच्छाकामनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सर्व शान्ति माध्यमिक विद्यालय, कुरिनटारको आयोजनामा शनिबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवालको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालको विशेष आतिथ्यता, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको आतिथ्य रहेको थियो ।
गाउँपालिका अध्यक्ष दान  बहादुर गुरुङले बालबालिकाहरुको व्यवहारमा सकारात्मक प्रभावका लागि अभिभावको असल व्यवहार आवश्यक हुने बताउनुभयो । बालबालिकाहरुलाई असल बनाउनका लागि जनप्रतिनिधिहरु लागि परेको र त्यसमा अभिभावकहरुको साथ महत्वपूर्ण हुने उहाँको भनाई छ ।  गाउँपालिकाको शैक्षिक सुधारका लागि  गाउँपालिकाले आवश्यक कार्यहरु गरिरहेको बताउनुभयो । आफ्नो कार्यकालमा विद्यालयको भौतिक संरचना र सडक बाटोघाटोमा निर्माणको काम उल्लेख्य मात्रा भएको बताउनुभयो । साथै उहाँले आर्थिक अभावका कारण विद्यालय शिक्षाबाट कोही पनि वञ्चित  नहुने बताउनुभयो ।  आर्थिक अभावका कारण अतिरिक्त कक्षामा सहभागी हुन नपाएका  बालबालिकाहरुका लागि लषित गर्दै अतिरिक्त कक्षा सञ्चालन भएका विद्यालयहरुका लागि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

88908360-ed08-478e-9df4-1274e54c0fe2.jpg
undefined


नारायणी नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। प्रशिक्षक दवाडीले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले घर नै बालबालिकाको पहिलो विद्यालय भएकाले अभिभावकले सकारात्मक व्यवहार, अनुशासन, नैतिक शिक्षा र अध्ययनप्रति प्रेरणा दिनुपर्नेमा जोड दिनुभयो। 
कार्यक्रममा अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकाको सकारात्मक व्यवहार विकास, नैतिक संस्कार अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधारका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बालबालिकाको सर्वाङ्गीण विकासका लागि घर, विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै अनुकूल शैक्षिक वातावरण निर्माणमा एकजुट भएर अघि बढ्ने अठोटसमेत व्यक्त गरिएको थियो।

4cd5d231-2ddd-4f3d-ac57-c1776127b126.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट