Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आज भरतपुरमा रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै, सभापति लामिछाने विहान १० बजे आउँदै

आज भरतपुरमा रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै, सभापति लामिछाने विहान १० बजे आउँदै

चितवन :  चितवनमा  आइतबारदेखि प्रथम राष्ट्रिय महाधिवेशन सुरु गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।मौजुदा कमिटीको यो अन्तिम बैठक हो । किनकि महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । 

केन्द्रीय समितिको बैठकमा सहभागी हुन सभापति रबि लामिछाने विहान १० बजे चितवन जाँदैछन् । बैठक भरतपुरस्थित होटल सीएमटीको हलमा १ बजे बस्नेछ । 

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार बैठकको एजेण्डा राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा, महाधिवेशन प्रतिनिधि सम्बन्धमा, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन सम्बन्धमा,  विधान संशोधन सम्बन्धमा र विविध गरी पाँच वटा एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट