Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ट्र्याक्टरबाट जोताइ तथा थ्रेसिङ सेवाको शुल्क निर्धारण भएन कार्यान्वयन, प्रभावकारी अनुगमन नभएको किसानको गुनासो

ट्र्याक्टरबाट जोताइ तथा थ्रेसिङ सेवाको शुल्क निर्धारण भएन कार्यान्वयन, प्रभावकारी अनुगमन नभएको किसानको गुनासो

चितवन  : भरतपुर महानगरपालिकाले ट्र्याक्टरबाट जोताइ तथा थ्रेसिङ सेवाको शुल्कमा एकरूपता कायम गर्न दररेट निर्धारण गरे पनि प्रभावकारी अनुगमन नभएको भन्दै किसानहरूले प्रश्न उठाउन थालेका छन्। महानगरले कल्टिभेटरबाट जोताइका लागि प्रति घण्टा २७०० रुपैयाँ, रोटाभेटर तथा एमबी प्लाउबाट जोताइका लागि ३००० रुपैयाँ र थ्रेसर सेवाका लागि २७०० रुपैयाँ शुल्क तोकेको छ। तोकिएको दरभन्दा बढी रकम लिए कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।

तर किसानहरू भने व्यवहारमा विभिन्न स्थानमा फरक–फरक शुल्क लिने गरिएको गुनासो गर्छन्। महानगरले दररेट सार्वजनिक गरे पनि नियमित अनुगमन र कारबाही प्रक्रिया कमजोर हुँदा सूचनाको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ।

कृषि कार्यको मुख्य समयमा किसानमाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले महानगरले दररेट निर्धारण गरेको भए पनि त्यसको पालना गराउने जिम्मेवारीमा प्रश्न उठ्न थालेको छ। किसानहरूले महानगरसँग प्रभावकारी अनुगमन, गुनासो सुनुवाइ र नियम उल्लंघन गर्ने सेवाप्रदायक माथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट