Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगरमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन

रत्ननगरमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन

रत्ननगर :  चितवनमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गोरखा पालुङटार नगरपालिका–८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना ७ ख २८०६ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनमा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट