Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल निर्माण कार्य सुरु, वन्द सत्रका लागि छलफल हुदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल निर्माण कार्य सुरु, वन्द सत्रका लागि छलफल हुदै

भरतपुर : आगामी असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन सत्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा आयोजना गरिने भएको छ। उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माणकको काम सुरु गरिएको छ ।

करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै हल बनाइँदैछ। डोमको छानो विशेष वाटरप्रफ टेन्साइल फेब्रिकबाट बनाईने रास्वपा जिल्ला सचिव तेजेन्द पौडेलले जानकारी दिनुभयो । यहाँ सहभागिहरुलाई मौसमको ख्याल गरेर घाम, पानी तथा हावाको प्रभावबाट बचाउने तरीकाबाट डोम बनाउन लागिएको छ । डोमभित्र एलइडी स्क्रिन, पंखा, कुलर र कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहने तथा सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।

अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित र मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको रास्वपा जिल्ला सचिव तेजेन्द्र पौडेलले जानकारी दिनुभाये । महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। उद्घाटन सत्र गेष्टहाउस चौरमा हुने भए पनि बन्दसत्र नजिकै रहेको चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गर्नका लागि छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij