Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनबाट अपहरण गरिएका बालक काठमाडौंमा सकुशल उद्धार, ५ भारतीय पक्राउ

चितवनबाट अपहरण गरिएका बालक काठमाडौंमा सकुशल उद्धार, ५ भारतीय पक्राउ

चितवन : चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालक रिशव गुप्ताको काठमाडौंमा सकुशल उद्धार गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार गर्नुका साथै घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्ने सबै जना भारतीय नागरिक रहेका छन्।

प्रहरीका अनुसार ती बालकलाई चितवनको नारायणगढ क्षेत्रबाट अपहरण गरी काठमाडौं लगिएको थियो।

अपहरणकारीले बालकको परिवारसँग २२ लाख रुपैयाँ फिरौती माग गरेको समेत खुलेको छ। यद्यपि अपहरणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij