Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन भरतपुरमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन भरतपुरमा हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशन अब चितवनको भरतपुरमा आयोजना हुने भएको छ। यसअघि रत्ननगरस्थित होटल स्टार चितवनमा गर्ने तयारी भए पनि सहभागी संख्या, व्यवस्थापन सहजता र गर्मी मौसमलाई ध्यानमा राख्दै स्थान परिवर्तन गरिएको हो। रास्वपा चितवनका सभापति इ. मिनी माधव खरेलका अनुसार महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिनेछ।

उनका अनुसार देशभरबाट ठूलो संख्यामा प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताको सहभागिता रहने भएकाले कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन भरतपुरलाई छनोट गरिएको हो। पार्टीले महाधिवेशनलाई आगामी संगठनात्मक दिशा, नेतृत्व चयन र नीतिगत छलफलका दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ। महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij