Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विश्वकपको पहिलो खेल हार्दा ट्युनिसियाका प्रशिक्षक बर्खास्त

विश्वकपको पहिलो खेल हार्दा ट्युनिसियाका प्रशिक्षक बर्खास्त

काठमाडौँ  : विश्वकपको समूहचरणका सबै टिमले आफ्नो पहिलो खेल खेल्न नपाउँदै ट्युनिसियाले भने आफ्नो पहिलो खेलमा पाराजित भएको २४ घन्टा नवित्दै प्रशिक्षक बर्खास्त गरेको छ।

ट्युनिसियाको फुटबल महासंघले विश्वकपको पहिलो खेलमै स्विडेनसँग ५-१ को फराकिलो हार बेहोरेपछि तत्काल लामुचीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। लामुची र महासंघबीचको सम्बन्ध यसअघि नै तनावपूर्ण रहेको मानिन्दै आएको थियो।

महासंघले अन्तरिम रूपमा राष्ट्रिय टोलीको जिम्मेवारी मोन्धेर केबाइरलाई सुम्पने तयारी भइरहेको पुष्टि गरेको छ। अब बाँकी विश्वकप अभियानमा ट्युनिसियालाई उनले नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

अफ्रिकी टोली ट्युनिसिया गएराति स्विडेनसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो। यस्तो लज्जास्पद हार ट्युनिसियाली फुटबल महासंघलाई अस्वीकार्य भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट