Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल

इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल

काठमाडौंः आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमान्दारीका साथ काम गरेमा कुनैपनि कुरा असम्भव नरहेको बताउनुभएको छ।आईएमई ग्रुपको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आईएमईको शुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शुन्यबाट यात्रा प्रारम्भ गरेको उल्लेख गरे। रेमिट्यान्स सेवाबाट शुरु भएको आईएमई ग्रुपले अहिले २६ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। आफ्नो समग्र व्यावसायिक यात्रा ३५ वर्ष भन्दा धेरै भइसकेको जानकारी दिँदै ढकालले हाल ग्रुपले बैंकिङ तथा वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन, बीमा, सूचना प्रविधि (आईट) र डिजिटल पेमेन्ट जस्ता विविध क्षेत्रमा लगानी गरेको बताए। 


अध्यक्ष ढकालले अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको कमाई सुरक्षित रूपमा परिवारसम्म पु¥याउने उद्देश्यले यो यात्रा शुरु भएको स्पष्ट पारे। उनले आईएमईको यो सफलता कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण टिमको सामूहिक प्रयास र मेहनतको परिणाम भएको बताए। 

उनले आगामी दिनमा पनि सामूहिक प्रयत्नलाई आत्मसात गर्दै अझै ठूला परियोजना र व्यावसायिक उचाई हासिल गर्ने प्रतिवद्धता जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट