काठमाडौँ : राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘ठाउँ ठाउँबाट सांसदहरूलाई फोन आइरहेको छ । मलखाद्य पुगेन भनेर । हामीले बारम्बार कृषि समिति, कृषि मन्त्रीलाई भनेको छौँ तर उहाँले सुन्नु भएको छैन । अब सरकारले हरेक जिल्लामा मल पठाउनुपरो,’ भाटले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भने ।
उनले बजेटमा गरिब किसानका लागि केहि नगरेको भन्दै ठुला किसान, कृषि माफियाहरूले दिने गरी बजेट आएको भन्दै बजेट सच्याउन समेत माग गरे । ‘ठुला किसानले २ करोड लगानी गर्दा ८० लाख रुपैयाँ कृषि माफियाले पाउने तर साना किसानले केहि नपाउने ? त्यसकारण यो फोडेर साना किसानलाई बाँड्नुपर्छ,’ भाटले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij