Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गैंडाकोट पम्पिङ स्किम उपभोक्ता संस्थाको निर्वाचनमा लक्ष्मी घिमिरे पाण्डेको उम्मेदवारी

गैंडाकोट पम्पिङ स्किम उपभोक्ता संस्थाको निर्वाचनमा लक्ष्मी घिमिरे पाण्डेको उम्मेदवारी

नवलपुर : गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था (गैंडाकोट–४) को आसन्न निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। संस्थालाई थप प्रभावकारी, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने उद्देश्यसहित सामाजिक क्षेत्रमा सक्रिय लक्ष्मी घिमिरे पाण्डेले खुला महिला सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

गुल्मीबाट नवलपुरको गैंडाकोट नगरपालिका मा बसाइँ सरेपछि उनले पोल्ट्री व्यवसायमार्फत उद्यमशीलता सुरु गर्दै सामाजिक सेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। सरल, सहयोगी र आत्मीय स्वभावकी पाण्डे सफल महिला उद्यमीका रूपमा परिचित छिन्। उनी IME Life Insurance Company मा MDR (Market Development Representative) का रूपमा सम्मानित भइसकेकी छन्।

साथै, उनको सामाजिक तथा व्यावसायिक योगदानको कदरस्वरूप गैडाकोट उद्योग वाणिज्य संघ तथा रेडियो संकेत लगायत संस्थाबाट समेत सम्मानित भईसकेको छ । उनको उम्मेदवारीलाई स्थानीय स्तरमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट