Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

चितवन : चितवनका चैते धान उत्पादक किसानले सरकारले तोकेको समर्थन मूल्य नपाउँदा निराश बनेका छन्। विशेषगरी पूर्वी चितवनको खैरहनीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध अधिकांश किसानले धान बिक्री गर्दा समर्थन मूल्य प्राप्त गर्न सकेका छैनन्।

सहकारीका अध्यक्ष रामशरण पाठकका अनुसार करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको चैते धानले समर्थन मूल्य नपाएको हो। भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसान आर्थिक रूपमा मारमा परेको बताए।

यस वर्ष चितवनमा चैते–५, हर्दिनाथ–१, पिआर र टाइचिन जातका धान गरी करिब नौ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले सरकारले चैते धानको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गरेकाले किसानले समस्या भोग्नुपरेको बताए। समर्थन मूल्यको सुनिश्चितता नहुँदा उत्पादन लागतसमेत उठाउन कठिन भएको भन्दै किसानले सरकारसँग तत्काल उचित मूल्यको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट