Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एक दशकदेखि अलपत्र चित्रवन रंगशाला, बजेट अभावले निर्माण सुस्त

एक दशकदेखि अलपत्र चित्रवन रंगशाला, बजेट अभावले निर्माण सुस्त

चितवन : भरतपुर–२० नयाँबजारमा निर्माणाधीन चित्रवन फुटबल रंगशाला एक दशक बितिसक्दा पनि अधुरै रहेको छ। १७ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १ अर्ब ५३ करोड रुपैयाँको डीपीआर तयार भए पनि पर्याप्त बजेट अभावका कारण कामले गति लिन सकेको छैन।

हालसम्म करिब १२०० मिटर पक्की पर्खाल मात्र निर्माण भएको छ भने मुख्य खेल मैदान अझै खेल्नयोग्य बन्न सकेको छैन। गेट नहुँदा मैदानमा चौपाया चरिरहेका छन् र केही भागमा स्थानीयले खेतीसमेत गरिरहेका छन्।

स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारको पर्याप्त बजेट नआउँदा रंगशाला अलपत्र परेको बताएका छन्। दशरथ रंगशालापछिको वैकल्पिक राष्ट्रिय खेल पूर्वाधारका रूपमा हेरिएको चित्रवन रंगशालाको निर्माण सुस्त हुँदा चितवनका खेलप्रेमी निराश बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij