हेटौँडा : रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।अधिवेशन अन्तर्गत प्रतिनिधि निर्धारणमा समस्या हुँदा निर्वाचन कार्यतालिका प्रभावित भएको हो ।
अधिवेशन अन्तर्गत निर्वाचन समितिले दिउँसो १:१५ देखि २:४५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको थियो भने ४:३० देखि ४:४५ सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेपनि प्रतिनिधि तय हुन नसक्दा कार्यतालिका प्रभावित भएको हो ।
पालिका र जिल्लाबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गरी, केही त्रुटिहरू हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ । समितिका संयोजक मधु चौलागाईंका अनुसार प्रतिनिधि निर्धारण अन्तिम चरणमा रहेको र छिट्टै मनोनयन दर्ताको कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यतालिका परिमार्जन गरी कार्यक्रम अघि बढाइने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij