काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा सुमन दाहाल नियुक्त भएका छन्।
सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्देशन दिने नीति लिएसँगै बैंकका तत्कालीन अध्यक्षले राजीनामा दिएका थिए।
सोही रिक्त स्थानमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई नयाँ नियुक्ति गरेको हो। यसअघि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले राजनीतिक परिवर्तन र निर्देशनात्मक नीतिका कारण पदबाट राजीनामा बुझाएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij