Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इजरायलका लागि केयरगिभर आवेदन खुला, २,३०० जनाको कोटा

इजरायलका लागि केयरगिभर आवेदन खुला, २,३०० जनाको कोटा

काठमाडौं  : इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा नेपाली श्रमिक पठाउन आवेदन प्रक्रिया खुला गरिएको छ। विभागले २ हजार ३ सय केयरगिभरका लागि आवेदन आह्वान गरेको जनाएको छ। विभागका अनुसार आवेदन दिन पासपोर्टको म्याद कम्तीमा १ वर्ष हुनुपर्नेछ भने छनोट भई इजरायल जाने अवस्थामा पासपोर्ट कम्तीमा ३ वर्ष वैध हुन आवश्यक हुनेछ।

हालसम्म १४ हजारभन्दा बढी आवेदन परेका छन्। आवेदन दिने अन्तिम म्याद असार ७ गते राति १२ बजेसम्म तोकिएको विभागले जनाएको छ। छनोट हुने केयरगिभरले मासिक ३ लाख रुपैयाँभन्दा बढी तलब पाउने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ।

विभागले नक्कली तालिम प्रमाणपत्रको प्रयोग रोक्न कडाइ गरेको छ। यसका लागि सम्बन्धित तालिम प्रदायक संस्थाबाट प्रशिक्षार्थीहरूको विवरण समेत माग गरिएको छ। साथै, सामाजिक सञ्जालमा “इजरायल जान तालिम खुल्यो” भन्दै फैलाइने भ्रामक प्रचारप्रसारमाथि निगरानी भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट