Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित

रास्वपा चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

अधिवेशनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण प्रसाद भुषालले १११ मत प्राप्त गरे भने प्रकाश आचार्यले २२ मत पाए।

 

उपसभापति पदमा निर्मला गिरि १९० मतसहित निर्वाचित भएकी छन्। उक्त पदका अन्य उम्मेदवार टिकादत्त इटनीले ८४ तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका छन्। सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरे। सहसचिव पदमा कुशल पाठक १८७ मतसहित निर्वाचित भएका छन्। अन्य उम्मेदवारमध्ये पार्वती पाण्डेले ६९, बेद प्रसाद आचार्यले ५४ तथा चुम बहादुर जी.सी.ले ३७ मत प्राप्त गरेका छन्।

 

नवनिर्वाचित नेतृत्वलाई पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। चितवनमा पहिलोपटक सम्पन्न जिल्ला अधिवेशनले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास तथा आगामी राजनीतिक यात्राका लागि नयाँ नेतृत्व चयन गरेको पार्टीका कार्यकर्ताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट