Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला निर्वाचित

रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला निर्वाचित

 तनहुँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला निर्वाचित भएका छन् । आइतबार भएको मतगणना अनुसार बास्तोलाले १ सय ८७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी डा। शेषरमण न्यौपानेले ६४ मत मात्रै पाए।

उपसभापतिमा झिनो अन्तरले विष्णुबहादुर पन्त विजयी भएका छन्। उनले १ सय ३१ मत पाउँदा उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १ सय २४ मत पाएका छन्। सहसचिवमा दुर्गाकुमार श्रेष्ठ मात्रै १ मत अन्तरले विजयी भए। उनले १ सय २७ मत पाए भने प्रतिस्पर्धी पदमबहादुर सुनारले १ सय २६ मत पाए।


सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत भए भने सदस्यहरूमा पनि सबै सर्वसम्मत भएका छन्।सदस्यहरूमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, केशबहादुर थापा, शशी रुपाखेती र सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट