चितवन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला संयोजक नरेन्द्र कन्दङ्बालाई पितृशोक परेको छ । उनका बुबा स्व. मानबहादुर कन्दङ्बाको शुक्रबार ९३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ ।
आठराई गाउँपालिका वडा नं. ६, थुमसिङ, तेह्रथुम स्थायी घर भएका स्व. मानबहादुर लामो समयदेखि मुटुरोगबाट पीडित थिए । मुटुरोगको उपचाररत स्व. मानबहादुर अस्पतालबाट डिस्चार्ज भएको दुई दिनपछि घरमै देहत्याग गरे । परिवारका अनुसार उनको आफ्नै धर्म किराँत परम्पराबाट अन्त्येष्टि गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १२ का निवर्तमान वडाध्यक्ष समेत रहेका संयोजक नरेन्द्रका एक श्रीमती, दुई छोरा छन् । उनीसहित छ दाजुभाइ तथा पाँच जना दिदीबहिनी छन् । राजनीति क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका कन्दङ्बा समाजसेवामा पनि उत्तिकै योगदान दिएका छन् । भरतपुर–६, देवनगरमा स्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका उनी संचालक समेत हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij