Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस

‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस

काठमाडौँ : अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो पीडा सरकारलाई राख्दै न्याय माग्न स्वदेश फर्किएको बताएका छन् । भरतपुर क्रिकेट रंगशाला निर्माणमा रहेको १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयमा नेपाल सरकारसँग छलफल गर्ने उनको भनाइ छ ।

‘मेरो अहिले अमेरिका फर्किहाल्ने कुनै योजना छैन । रङ्गशालाको विषयमा केन्द्रीय सरकार, भरतपुर महानगरपालिका लगायतसँग छलफल समेत गर्नेछु’, कट्टेलले रातोपाटीसँग भने ‘मेरो भरका जति पनि कन्ट्रक्सनका साथीहरू रहनु भएको छ । उहाँहरूको लागि अहिले न्याय पक्कै पनि मिल्नेछ ।’ विगतमा पाँच वर्ष सिंहदरबार धाउँदा पनि आफूले यस विषयमा न्याय नपाएको गुनासो गरेका कट्टेलले देशमा नयाँ सरकार आएकोले आफूलाई न्याय मिल्छ भन्ने आशा जागेको सुनाए ।

‘मैले जे जति गरे, त्यो राष्ट्रका हिटका लागि हो । त्यो राष्ट्रको हितमा छ कि छैन । त्यो राम्रोसँग हेरियोस्’, कट्टेलले थपे ‘जति पनि काम भएको छ, त्यो पारदर्शी र अनुमानित रकम भन्दा कम बजेटमा र उत्कृष्ट भएको छ ।’ यस विषयमा सकरकारका विभिन्न निकायले जाँच समेत गरिसकेको उनको धारणा छ । ‘अहिलेका प्रधानमन्त्री कलाकर्मी हुनुहुन्छ । म उहाँलाई भेटेर सबै कुरा राख्नेछु’ उनले भने ।

आफूले रङ्गशाला र देशका लागि निस्वार्थ धेरै काम गरेको स्मरण गर्दै कट्टेलले आफ्नो अमेरिकामै बस्ने कुनै पनि योजना नरहेको स्पष्ट पारे । ‘म अहिले जे छु, यो देश र कलाकारिताले दिएको हो । त्यसैले यसलाई माया मार्न सक्दिन’, उनले थपे । अमेरिकासँग जोडेर आफ्ना विषयमा बाहिर आएका जतिपनि खरब छन् ती भ्रामक भएको बताएका कट्टेलले अमेरिका जानु छोरीको उपचार बाहेक अन्य कारण नभएको स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट