Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डिम्याट खाता खोल्न साउन १ देखि राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने

डिम्याट खाता खोल्न साउन १ देखि राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने

काठमाडौं : आगामी साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालक समितिको जेठ १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागेको जानकारी दिएको हो।

कम्पनीका अनुसार पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन राष्ट्रिय परिचय नम्बरलाई अनिवार्य गरिएको हो। यो व्यवस्था नयाँ डिम्याट खातामा मात्र सीमित नरहने पनि स्पष्ट गरिएको छ। यसअघि खोलिएका डिम्याट खाताहरूको ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्दा पनि अब राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था लागू हुनेछ। सिडिएसले लगानीकर्तालाई साउन १ कुर्नुभन्दा पहिले नै राष्ट्रिय परिचय नम्बर लिएर आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

डिम्याट खाता, मेरो सेयर तथा अनलाइन कारोबारमा सहभागी लगानीकर्ताको संख्या निरन्तर बढ्दै गएकाले एकीकृत पहिचान प्रणाली आवश्यक भएको कम्पनीको भनाइ छ। दोहोरो खाता, त्रुटिपूर्ण विवरण तथा पहिचानसम्बन्धी समस्या नियन्त्रण गर्न राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो। सिडिएसका अनुसार यो व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउने मात्र नभई पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानीलाई समेत सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट