Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?

७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको सङ्गठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रास्वपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । विवाद रहेको बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ । सातै प्रदेशका प्रमुख जिल्लाहरूमा अधिवेशन हुनेछ । भोलि कोसी प्रदेशका झापा, मोरङ, सुनसरीसहित ८ जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमतीका काठमाडौँ, भक्तपुर, नुवाकोटसहित १० जिल्लामा अधिवेशन हुनेछ ।

त्यसैगरी गण्डकीका ५ जिल्ला, लुम्बिनीका ८ जिल्ला, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका छ । दोस्रो दिन अर्थात् जेठ २४ गते कोसीका ४, मधेसका ४, बागमतीका चितवन, ललितपुर र रसुवा, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका अछाम, कैलाली, कञ्चनपुरसहित ६ जिल्लामा अधिवेशन हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । केसीका अनुसार विशेष कार्यतालिका बमोजिम मधेस प्रदेशको बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते सम्पन्न हुनेछ । अधिवेशन सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा निर्वाचन समिति गठन भएको प्रमुख केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij