Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण

महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण

काठमाडौँ : विश्व वातावरण दिवसको अवसर पारेर सडक डिभिजन काठमाडौँले हालै निर्माण सम्पन्न भएको महाराजगन्ज–धोबी खोला (रिङरोड) खण्डको हरित पेटीमा ज्याकारान्डा प्रजातिका बिरुवा रोपेको छ । विकास र वातावरण संरक्षणलाई सँगसँगै लैजाने उद्देश्यका साथ यो वृक्षारोपण गरिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।

सडक विस्तार र स्तरोन्नतिसँगै वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । पूर्वाधार निर्माणका गतिविधिहरूलाई वातावरणमैत्री बनाउँदै हरित पूर्वाधारको अवधारणालाई कार्यान्वयन गर्ने उद्देश्य यस अभियानले राखेको बताए ।

डिभिजन प्रमुख देवकोटाका अनुसार, विकास र वातावरण संरक्षण एक अर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष हुन् भन्ने सन्देश प्रवाह गर्न यस किसिमको वृक्षारोपणले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट