Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

चितवनमा बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

चितवन । चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।

घाइते हुनेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ।  घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट