काठमाडौं : सेयर बजार १३.४६ अङ्कले घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो। आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ ८ को स्थिर रह्यो । आज ४ अर्ब ७० करोडको भएको छ जुन अघिल्लो दिन ५ अर्ब ७३ करोड थियो।
आज म्युचुअल फण्ड बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । होटल तथा पर्यटन १.०७ तथा निर्जीवन बीमा १.२० प्रतिशतले घटेको छ। आज कालिञ्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६, सेन्ट्रल फाइनान्सको ४.७८ प्रतिशत मूल्य बढ्यो।
आज विजय लघुवित्तको ४.६९, भगवती हाइड्रोपावरको ४.२७ प्रतिशतले घटेका छन् । आज धेरै कारोबार भएकामा एभरेस्ट बैंक डिबेन्चर ८६ को १४ करोडको हुँदा, आँखुखोला जलविद्युत् ३२ करोड, सेन्ट्रल फाइनान्स १८ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडको कारोबार भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij