Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश

युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश

तेहरान : इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलसँग जारी द्वन्द्वको सामना राष्ट्रिय एकता र आपसी विश्वासका साथ गर्न इरानी नागरिकहरूलाई आह्वान गरेका छन् ।
इस्लामिक गणतन्त्र इरानका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीको स्मृतिमा जारी गरिएको लामो लिखित वक्तव्यमा खामेनेईले देशविरुद्ध भइरहेका शत्रुतापूर्ण प्रयासहरूको सामना गर्न समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।

‘यस्ता शत्रुतापूर्ण योजनाहरूको सामना गर्दा समाजका सबै सदस्यहरूले दृढता, स्पष्ट दृष्टिकोण, राष्ट्रिय एकता, आपसी विश्वास र शत्रुको प्रचारलाई अस्वीकार गर्ने भावना प्रदर्शन गर्नुपर्छ । त्यसो गर्न सके शत्रुका दुष्ट उद्देश्यहरू विफल बनाउन सकिन्छ,’ लिखित विज्ञप्तिमा खामेनीले भनेका छन् । झण्डै पाँच दशकदेखि शासन गरिरहेको इरानी व्यवस्थामाथि अस्तित्वकै संकट उत्पन्न हुन सक्ने मानिएको वर्तमान द्वन्द्वबिच खामेनी सार्वजनिक रूपमा निकै कम देखिएका छन् । हालसम्म उनका भनिएका सन्देशहरू मुख्यतः सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएका वा सामाजिक सञ्जालमा प्रकाशित गरिएका छन् । यसले उनको प्रत्यक्ष उपस्थितिबारे विभिन्न अड्कलबाजीहरूलाई जन्माएको छ ।

यसै साता अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले खामेनी जीवित रहेको र पछिल्ला दिनहरूमा युद्धसम्बन्धी गतिविधिमा अझ सक्रिय रूपमा संलग्न भइरहेको विश्वास व्यक्त गरेका थिए । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिसमक्ष बोल्दै रुबियोले खामेनी कुनै न कुनै तहमा बढ्दो रूपमा सक्रिय रहेको संकेतहरू देखिएको बताए । अमेरिकी गुप्तचर निकायहरूको मूल्याङ्कनअनुसार खामेनी वरिष्ठ इरानी अधिकारीहरूसँग मिलेर युद्ध रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट