Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुध्रियो नेपाली पासपोर्टको र्याकिङ, १०१ बाट ९७औँ स्थानमा उक्लियो, शीर्ष स्थानमा सिंगापुर

सुध्रियो नेपाली पासपोर्टको र्याकिङ, १०१ बाट ९७औँ स्थानमा उक्लियो, शीर्ष स्थानमा सिंगापुर


काठमाडौँ : नेपाली राहदानी (पासपोर्ट) को र्याकिङ सुध्रिएको छ । ‘हेन्ली पासपोर्ट इन्डेक्स-२०२६’ ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार नेपाली पासपोर्टको र्याकिङमा ४ स्थानको सुधार आएको हो ।  सन् २०२५ मा नेपाली पासपोर्ट १०१औँ स्थानमा थियो । तर, सन् २०२६ मा नेपाली पासपोर्टको र्याकिङ उक्लिएर ९७औँ स्थानमा पुगेको छ । 

नेपाली राहदानी (पासपोर्ट) को र्याकिङ सुध्रिएको छ ।
यसवर्ष विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीको नम्बरमा १ मा सिंगापुरको पासपोर्ट छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९२ देशमा फ्रि-भिसा प्रवेश पाइन्छ । 

त्यस्तै, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) को पासपोर्ट छ । यी तीन देशका पासपोर्टबाट फ्रि-भिसा १८७ देशमा प्रवेश पाइन्छ । तेस्रो स्थानमा स्विडेनको पासपोर्ट छ । यता सन् २०२५ मा शीर्ष १० सूचीबाट बाहिरिएको अमेरिकी पासपोर्ट पुनः शीर्ष १० भित्र परेको छ । विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान छ । अफगानिस्तान १०३औँ स्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij