Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बजेट निकासापछि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण पुनः सुरु

बजेट निकासापछि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण पुनः सुरु

चितवन : भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु भएको छ। वाग्मती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ हुँदा भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले करिब एक महिनादेखि काम रोकेको थियो। वाग्मती प्रदेश सरकारले ९ करोड रुपैयाँ निकासा गरेपछि निर्माण कम्पनीले पुनः काम थालेको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए।

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी गरिसकिएको छ। रंगशालाको निर्माण कार्य हिमालयन कालिञ्चोक बीबीआर जेभी ले गरिरहेको छ। महानगरपालिकाका अनुसार हालसम्म रंगशालाको करिब ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौताको म्याद २०८३ पुस २२ गतेसम्म रहेको छ।

भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८१ असारमा ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँको लागतमा २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशालाको काम विभिन्न कारणले अलपत्र परेपछि भरतपुर महानगरपालिकाले नयाँ बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij