Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने


चितवन :  भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो ।

 

जेठ २२ गते सुरु भएर २४ गते सकिनेसम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ । सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डा कपिलदेव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको बताउनु भयो ।

सम्मेलनमा रुपान्तरणकारी शिक्षा, जलवायु र वातावरण, शिक्षण विधिमा प्रविधिको प्रयोग, समानता, समावेशिता र सामाजिक न्याय, दिर्घकालिन व्यवस्थापन र नेतृत्व विकास जस्ता पाँच विषयमा छलफल तथा अनुसन्धान प्रस्तुति हुनेछन् । सम्मेलनका संयोजक डा सुवेदीले सम्मेलनमा नेपालका पाँच विश्वविद्यालयका शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने बताउनुभयो । सम्मेलनका लागि प्राप्त शोधसार मध्ये छनोट गरिएका ५८ वटा अनुसन्धान कार्यहरू १० वटा प्राविधिक सत्रमार्फत प्रस्तुत गरिने क्याम्पसले जनाएको छ । सम्मेलनमा छ वटा प्रमुख वक्तव्य तथा पूर्णसत्र सञ्चालन गरिनेछन् । पूर्णसत्रमा प्रा। डा। महानन्द चालिसे, प्रा। डा। विद्यनाथ कोइराला, प्रा। डा। गजेन्द्र शर्मा, डा। रमेशराज पन्त, डा खगेन्द्र प्रसाइ तथा डा। विनोदप्रसाद पन्त लगायतका ख्यातिप्राप्त शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दिगो विकाससम्बन्धी समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट