Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

समर स्प्लास २०२६ अफरसहित रोयल टुलिप चितवनको विशेष आतिथ्यता

समर स्प्लास २०२६ अफरसहित रोयल टुलिप चितवनको विशेष आतिथ्यता

चितवन : पर्यटकीय नगरी सौराहास्थित रोयल टुलिप चितवनले गर्मीयामलाई लक्षित गर्दै ‘समर स्प्लास २०२६’ विशेष अफर सार्वजनिक गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यस अफरअन्तर्गत लक्जरी कोठादेखि सिग्नेचर वाटर भिल्लासम्मका आकर्षक आवास सुविधाहरू उपलब्ध गराइएको होटलले जनाएको छ।

प्रकृतिको मनोरम वातावरणबीच आराम, मनोरञ्जन र अविस्मरणीय बसाइको अनुभव प्रदान गर्ने लक्ष्यसहित ल्याइएको अफरले परिवार, साथीभाइ तथा दम्पतीहरूका लागि उत्कृष्ट गन्तव्यको रूपमा रोयल टुलिप चितवनलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

होटल व्यवस्थापनका अनुसार ‘समर स्प्लास २०२६’ अभियानले पाहुनालाई विलासितापूर्ण सेवा, आधुनिक सुविधा तथा चितवनको प्राकृतिक सौन्दर्यसँग नजिकबाट जोडिने अवसर प्रदान गर्नेछ।

अफर तथा बुकिङसम्बन्धी थप जानकारीका लागि इच्छुकहरूले sales2@royaltulipnp.com मा सम्पर्क गर्न सक्नेछन्।

सौराहाको पर्यटकीय क्षेत्रलाई थप चलायमान बनाउन यस्ता विशेष प्याकेज तथा अफरहरू प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट