Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साना किसान कृषि सहकारी संस्था लि दारेचोक कुरिनटारमा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम

साना किसान कृषि सहकारी संस्था लि दारेचोक कुरिनटारमा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम

इच्छाकामना  : साना किसान कृषि सहकारी संस्था लिमिटेड, दारेचोक, इच्छाकामना गाउँपालिका–४, कुरिनटारको आयोजनामा तथा WAHF नेपालको प्राविधिक सहयोगमा एक दिने प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान तथा आकस्मिक अवस्थाको प्रारम्भिक व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा ११२ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा प्राथमिक स्वास्थ्य उपचारका विभिन्न पक्ष, दुर्घटना तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी र तत्काल गर्नुपर्ने उपायबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको बताएका थिए। सहकारीकी अध्यक्ष तूलासा थापाले  समुदायस्तरमा स्वास्थ्य सम्बन्धी ज्ञान र सचेतना विस्तार गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। 
 अध्यक्ष थापाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने WAHF नेपालका प्राविधिक टोली, सहभागीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद  व्यक्त गर्नुभयो ।

712663907_3983821405114766_7687629488061260710_n1780487819.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट