Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कुरिनटारमा उद्योगका जीएम झुण्डिएको अवस्थामा मृत फेला

कुरिनटारमा उद्योगका जीएम झुण्डिएको अवस्थामा मृत फेला

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा एक जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

मृतक गुल्मी घर भई हाल कुरिनटारमा बसोबास गर्दै आएका ६९ वर्षीय निर्मलकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनी कुरिनटारस्थित बाह्रसिङ्गे बियर उद्योगमा महाप्रबन्धक (जीएम) का रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार श्रेष्ठ आज दिउँसो कुरिनटारस्थित एक घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij