काठमाडौँ : विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको 'नेपालले पनि भारतको सिमा मिचेको छ' भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गते दिनको सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् । राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए । उनको त्यो भनाइको सर्वत्र विरोध हुँदै आएको छ । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij