चितवन : चितवनमा एक महिलालाई प्रलोभनमा पारी जबरजस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी गाउँपालिका वडा नं. ०९ खैरहनीटार स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ बस्ने ३३ वर्षीय नारायण कुँवर रहेका छन्। उनी मोहर कुँवरका छोरा हुन्।कुँवरले भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा 'गोर्खाली रेष्टुरेन्ट' संचालन गर्दै आएका थिए। उनले उक्त रेष्टुरेन्टमा वेटरको रूपमा काम गर्ने महिलालाई २०८२ साल पौष महिनादेखि विभिन्न लोभ-प्रलोभन देखाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भरतपुर चितवनबाट खटिएको प्रहरी टोलीले जेठ १६ गते उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका प्रतिवादी कुँवरमाथि मानव बेचबिखन कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिनुभएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij