Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाइ

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाइ

काठमाडौँ :  सर्वोच्च अदालतले दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो । २०८१ चैत ३१ मा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको थियो । गिरीलाई सफाइ दिएपछि त्यसउपर सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो ।

गिरीको श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशमा जेल चलान भएका गिरीलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि उनी पुन न्यायाधीशमा पदस्थापना भएका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij