Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अवैध काठसहित अटो नियन्त्रणमा, चालक फरार

अवैध काठसहित अटो नियन्त्रणमा, चालक फरार

भरतपुर : चितवन प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको काठसहित एक अटो नियन्त्रणमा लिएको छ। घटनामा संलग्न चालक भने अटो छाडेर फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान करिब ३ बजे अस्थायी प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ स्थित गोर्खाली टोल क्षेत्रमा ना २ ह ३८०९ नम्बरको अटोलाई शंकास्पद अवस्थामा रोकी जाँच गर्न खोजेको थियो। तर, प्रहरीले रोक्न संकेत गर्दा चालक अटो नरोकी भाग्न खोजेका थिए।

प्रहरी टोलीले अटोलाई पछ्याउने क्रममा चालकले भरतपुर–११ स्थित सिमलढाप जाने कच्ची सडकमा अटो छाडेर फरार भएको प्रहरीले जनाएको छ। अटोको जाँच गर्दा त्यसमा अवैध रूपमा ओसारपसार गरिँदै गरेको काठ फेला परेको थियो।

बरामद काठको अनुमानित मूल्य करिब ७५ हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य करिब ३ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको काठ र अटो आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, भरतपुर पठाइएको छ। फरार चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट