Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्रीले भारतलाई खुसी पार्ने बोली बोलेपछि रविको हिन्दुस्तान टाइम्समा लेख : नेपाल–भारत सम्बन्धलाई 'विकास कूटनीति'मा बदल्न प्रस्ताव

प्रधानमन्त्रीले भारतलाई खुसी पार्ने बोली बोलेपछि रविको हिन्दुस्तान टाइम्समा लेख : नेपाल–भारत सम्बन्धलाई 'विकास कूटनीति'मा बदल्न प्रस्ताव

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको क्रममा हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै नेपाल अब ३० वर्षको राजनीतिक अस्थिरता र भ्रष्टाचारको चक्रबाट बाहिर निस्किएको दाबी गरेका छन् ।

उनले नेपाल ‘विकासको निर्णायक फड्को’ तर्फ अघि बढिरहेको बताए । शंकास्पद जेन-जी विद्रोहपछि भएको चुनावी परिणामलाई ‘जनताको मतबाट आएको शान्तिपूर्ण रूपान्तरण’ भन्दै व्याख्या गरेका छन् ।उनले देश अब संघर्ष र अस्थिरताको अध्यायबाट बाहिर निस्केर सुशासन, परिणाममुखी नीति र विकास–केन्द्रित राजनीतिमा प्रवेश गरिरहेको दाबी गरेका छन् ।

विगत तीन दशकलाई अनिश्चितता, संस्थागत कमजोरी र भ्रष्टाचारले गाँजिएको अवधि भन्दै अब नेपालसँग ती कमजोरीहरू पार गर्दै नयाँ आर्थिक दिशा तय गर्ने ऐतिहासिक अवसर आएको र भारतसँग सहकार्य गर्न चाहेको बताए ।

लामिछानेले नेपाल-भारत सम्बन्धलाई पनि विकास–केन्द्रित दृष्टिकोणबाट पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दुवै देशलाई कूटनीतिक वा भू-राजनीतिक दृष्टिले मात्र होइन, सीमापार आर्थिक एकीकरण र साझा समृद्धिको आधारमा हेर्नुपर्ने तर्क गरे ।

उनका अनुसार रक्सौल-काठमाडौं रेलमार्ग, सीमापार ऊर्जा व्यापार, डिजिटल कनेक्टिभिटी, पर्यटन सर्किट, आईटी र शिक्षा क्षेत्रमा सहकार्यजस्ता परियोजनाले दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउन सक्छन् ।

लामिछानेले लेखमा नेपालले भारतको तीव्र आर्थिक रूपान्तरणबाट सिक्दै जलविद्युत्, डिजिटल अर्थतन्त्र र युवा–केन्द्रित नवप्रवर्तनमार्फत विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

उनले नेपाललाई छिमेकी देश नभई क्षेत्रीय विकास साझेदारका रूपमा प्रस्तुत गर्नुपर्ने दृष्टिकोण राखेका छन् ।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई हजारौं वर्ष पुरानो सभ्यताको साझेदारी भन्दै दुवै देशबीच विश्वास, पारदर्शिता र व्यावहारिक सहकार्य पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।

https://www.hindustantimes.com/india-news/how-can-an-aspirational-nepal-and-a-rising-india-reconnect-101780362877583.html

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट