आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्दै आएको “उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम” अन्तर्गत चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक अवधिमा दुग्ध उत्पादक कृषकहरूलाई रु।२१ लाख ५५ हजार १४२ रुपैयाँ ४० पैसा अनुदान वितरण गरेको छ।गाउँपालिकाका अनुसार उक्त अवधिमा गाउँपालिकाभित्र कुल ३ लाख ५९ हजार १९० दशमलव ४ लिटर दूध उत्पादन भएको थियो। उत्पादनका आधारमा कृषकहरूलाई प्रति लिटर रु। ६ का दरले अनुदान उपलब्ध गराइएको हो।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले एक कार्यक्रमकाबिच किसानलाई अनुदान रकम प्रदान गर्नुभएको हो । स्थानीय स्तरमा दुग्ध उत्पादन वृद्धि, कृषकहरूको आयआर्जनमा सुधार तथा कृषि व्यवसायप्रति आकर्षण बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चुमानले बताउनुभयो ।
गाउँपालिकाले दुग्ध उत्पादनमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन योगदान पुर्याउने सम्पूर्ण कृषकप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा समेत उत्पादनमुखी कृषि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
उक्त कार्यक्रमले दुग्ध व्यवसायमा संलग्न कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्नुका साथै गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा सकारात्मक टेवा पुगेको विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij