काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई उक्त आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले थाहाखबरलाई जानकारी दिइन्।
विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करी प्रकरणमा सहयोगी बनेकाे आरोप महरामाथि छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो।
उक्त प्रकरणमा भन्सारका कर्मचारी समेत मुछिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij