Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवघाटधाममा निर्माणाधीन ३१ फिट अग्लो अष्टधातुको शिवमूर्ति अन्तिम चरणमा

देवघाटधाममा निर्माणाधीन ३१ फिट अग्लो अष्टधातुको शिवमूर्ति अन्तिम चरणमा

चितवन : देवघाटधाम संरक्षण प्रतिष्ठानको पहलमा निर्माण भइरहेको ३१ फिट अग्लो अष्टधातुको भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र देवघाटधाममा स्थापना हुन लागेको उक्त मूर्ति नेपाल सरकार, विभिन्न संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूको सहयोगमा निर्माण भइरहेको प्रतिष्ठानले जनाएको छ।

मूर्ति निर्माण सम्पन्न भएपछि देवघाटधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप बढ्ने अपेक्षा गरिएको छ। साथै, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै देवघाटधामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij