Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन सडक आश्रित मानवमुक्त जिल्ला घोषणा

चितवन सडक आश्रित मानवमुक्त जिल्ला घोषणा

चितवन :  चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको छ। मानव सेवा आश्रमको सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले घोषणा मात्र नभई यसको दिगोपनाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सडक आश्रित मानवमुक्त अभियान समेटिने जानकारी दिए। भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी ले सामाजिक तथा मानवीय कार्यका लागि बजेट विनियोजन गरिने बताए।

कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सडक मानवमुक्त अभियान सफल बनाउन योगदान पु¥याउने सबै संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी का अनुसार हालसम्म देशभर १३ हजार ४४ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ। चितवनमा मात्रै १ हजार ११ जनाको उद्धार गरिएको छ भने हाल भरतपुरस्थित आश्रममा १५४ जना आश्रित रहेका छन्।

आश्रमले २०८३ सालभित्र नेपाललाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ। हालसम्म गण्डकी प्रदेश र कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट