Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हिरासतमा रहेका थुनुवालाई हेरोइन दिनखोपछि ....

हिरासतमा रहेका थुनुवालाई हेरोइन दिनखोपछि ....

काठमाडौँ  :  प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका थुनुवालाई भेट्न र कपडा दिन जाने क्रममा जिन्स पाइन्टभित्र लागु औषध लुकाएर लैजाने एक युवक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लागु औषध खैरो हेरोइनसहित नुवाकोटको सूर्यगढी नगरपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने २२ वर्षीय कृतन रिजाल पक्राउ परेका हुन् ।

शनिबार अपराह्न प्रहरी वृत्त बालाजुको प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरूलाई भेटघाट गर्न आउने मानिसहरूमाथि निगरानी राख्ने क्रममा रिजाल पक्राउ परेको प्रहरीको भनाई छ । लागु औषध सम्बन्धी कसुर मुद्दामा थुनामा रहेका प्रतिवादीलाई भेट्न र कपडा दिन आएका रिजालले बोकेको जिन्स पाइन्टलाई प्रहरीले शङ्का लागेर चेकजाँच गरेको थियो । सो क्रममा उक्त जिन्स पाइन्टमा लुकाई छिपाई राखेको अवस्थामा ३०० मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् । लागु औषधसहित फेला परेका रिजाललाई तत्कालै नियन्त्रणमा लिएर प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ । पक्राउ परेका रिजालमाथि थप अनुसन्धान गर्नका लागि सम्मानित जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइएको छ । रिजाललाई हाल प्रहरी हिरासतमा राखेर घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij