Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामना जेसिसद्वारा पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा -याफ्टिङ

इच्छाकामना जेसिसद्वारा पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा -याफ्टिङ

इच्छाकमना M स्थानीय पर्यटन प्रवर्द्धन र इच्छाकामना क्षेत्रको प्रचारप्रसार तथा स्थानीय व्यवसायलाई टेवा पु¥याउने उद्देश्यले जेसिआई इच्छाकामनाले ¥याफ्टिङ कार्यक्रम २०२६” सम्पन्न गरेको छ ।
फिस्लिङदेखि मुग्लिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा जेसिआईका विभिन्न शाखाका पदाधिकारी, सदस्य, स्थानीय व्यवसायी तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो।जेसिआई इच्छाकामनाकी अध्यक्ष जेसी रञ्जिता सिलवालको सभापतित्व तथा बागमती प्रदेशसभा सदस्य  कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  
कार्यक्रममा इच्छाकामना होटल व्यवसायी संघको समेत सहकार्य रहेको थियो। प्रमुख अतिथि  कृष्णप्रसाद सिलवालले इच्छाकामना क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय पर्यटन, होटल व्यवसाय तथा समग्र आर्थिक गतिविधिलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी अध्यक्ष जेसी रञ्जिता सिलवालले जेसिआई इच्छाकामनाले स्थानीय पर्यटन प्रवर्द्धन, व्यवसायीसँगको सहकार्य अभिवृद्धि तथा इच्छाकामनाको पहिचानलाई थप स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

710287861_1004888265322126_8585032462733656724_n1780233866.jpg
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहभागी तथा अतिथिहरूलाई इच्छाकामना–चितवनमै उत्पादित काठजन्य हस्तकलाबाट निर्मित मायाको चिनो प्रदान गरिएको थियो। यसले स्थानीय उत्पादन तथा उद्यम प्रवर्द्धनमा समेत टेवा पुगेको आयोजकले जनाएको छ।
कार्यक्रमले इच्छाकामना क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय होटल तथा पर्यटन व्यवसायको विकास र व्यवसायीहरूबीच सहकार्य अभिवृद्धिमा सकारात्मक योगदान पु¥याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट