Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अस्पतालले भन्यो– प्रचण्डको स्वास्थ्य अवस्था स्थिर छ

अस्पतालले भन्यो– प्रचण्डको स्वास्थ्य अवस्था स्थिर छ

काठमाडौँ : नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर रहेको उनी भर्ना भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । 

सामान्य निमोनियाको सङ्क्रमण देखिएपछि प्रचण्डलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

आइतबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।  उपचारमा प्रचण्डको स्वास्थ्यले सकारात्मक प्रतिक्रिया देखाइरहेको र चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले पूर्व प्रधानमन्त्री दाहालको पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न सावधानी स्वरूप केही दिन अस्पतालमै रहनुपर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट