Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी सहायक हवल्दार खनाल ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी सहायक हवल्दार खनाल ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

काठमाडौं : प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक हवल्दार जगतराज खनाल ‘पुलिस अफ द मन्थ’ अवार्डबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्यसम्पादन गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्‍याएको भन्दै उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरिएको हो ।

प्रहरी वृत्त दरबारमार्गका अनुसार हवल्दार खनालले वन्यजन्तु तथा लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । विशेषगरी गत महिना दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खागसहित तीन जनालाई पक्राउ गर्न सफल भएपछि उनको कार्यक्षमता थप प्रशंसित बनेको थियो ।

खनालले यसअघि पनि विभिन्न महत्त्वपूर्ण अपरेसनमा सक्रिय भूमिका निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए । उनको यही समर्पण, व्यावसायिकता र प्रभावकारी कार्यसम्पादनको मूल्यांकन गर्दै प्रहरी वृत्त दरबारमार्गले उनलाई ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गरेको जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी नारायण डाँगीले खनाललाई सम्मानपत्रसहित अवार्ड प्रदान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्दै संगठनको गरिमा बढाउन शुभकामना दिएका छन् । प्रहरी संगठनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट