Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा  : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर रानाभाट रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा पैदलयात्री रानाभाटलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij