Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपालले आज मलेसियाको सामना गर्दै

नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौंः मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल आज घरेलु टोली मलेसियासँग भिड्दै छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।

नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। मलेसिया भने समूह एको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ। आज हारे पनि नेपालले एसियाली खेलकुदमा स्थान बनाउन थप एक मौका पाउनेछ।

त्यसका लागि नेपालले तेस्रो स्थानका लागि हुने खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। तर नेपाली महिला टोली आज मलेसियालाई हराएर सिधै एसियाली खेलकुदका लागि छनोट हुन चाहन्छ। यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट